पोखरामा १५ सहित कास्कीमा थप १६ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । कास्कीमा थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको दास्रो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नमबर ६ का २७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ४ का ४८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ६ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ६३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

१० नम्बर वडाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ४२ वर्षीय १ जना महिला सहित १६ र ४६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ११ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ३३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

१३ नम्बर वडाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ४२ वर्षीय १ जना महिला तथा ४७ र ७७ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा १४ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७५ वर्षीय १ जना महिला तथा ३७ र ५४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १५ मा २० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा २२ का ५० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केही समय अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्कीमा ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म कास्कीमा ५२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै स्याङ्जामा १ जना, बाग्लुङमा १ जना तथा तनहुँमा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ४ सय ८ पुगेको छ ।

कमेन्टहरु
Loading...