पोखरामा ३४ सहित कास्कीमा ३६ जना कोरोना संक्रमित थपिए

पोखरा । स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरण अनुसार कास्कीमा आज ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लाको पोखरा महानगरपालिका सहित रुपा तथा माछापुच्छ«े गाउँपालिकाका गरेर ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाको माछापुच्छ«े गाउँपालिकाका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर १ का ५७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै रुपा गाउँपालिकाका १ जनालाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ६ की ६३ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ११ वर्षीय बालक सहित १८ र २२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ५ का २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २८ र ६३ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखराको ६ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३५ वर्षीय १ जना महिला तथा ३७ वर्षीय १ जना पुरुष हुन् ।

७ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ७६ वर्षीय १ जना महिला तथा ३२ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानरपालिका वडा नम्बर ८ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ८ तथा १३ वर्षीय २ जना बालक सहित ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ९ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३०, ३५, ४६ र ५५ वर्षीय ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १० का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३४ वर्षीय पुरुष हुन् ।

११ नम्बर वडाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा २ जना पुरुष हुन् । सो वडामा २५ वर्षीय १ जना महिला सहित २५ र २८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१३ नम्बर वडाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २४, ५७ र ५९ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १४ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २२ वर्षीय महिला हुन् ।

वडा नम्बर १५ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २३ वर्षीय १ जना महिला सहित ३६ र ४६ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ४७ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

१७ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ वर्षीय १ जना महिला तथा ३१ वर्षीय नै १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा २१ की २७ वर्षीय १ जना महिला, २६ की ३८ वर्षीय महिला तथा ३३ का १ जना २८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यता गण्डकी प्रदेश कै अन्य जिल्लाहरु लमजुङमा २ जना, तनहुँमा ४ जना, स्याङ्जामा ४ जना, पर्वतमा ५ जना तथा नवलपरासी पूवमा १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ३ सय ८५ पुगेको छ ।

कमेन्टहरु
Loading...