महोत्तरीको बर्दिवासमा भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी

महोत्तरी । महोत्तरी प्रशासनले जिल्लाको बर्दिवास नगरपालिकामा आज बिहान ९ बजेबाट लागू हुने गरेर भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि नषेधाज्ञा जारी गरेको छ । नगरपाविलकाको पूर्वतर्फ वडा नम्बर १ को रातोखोला, उत्तरतर्फ ३ को गौरीवास, वडा नम्बर ५ को माइस्थान तथा दक्षिणमा वडा नम्बर ८ को हात्तीलेट क्वाटर चोकसम्म निषेधाज्ञा घोषणा गरेको हो ।

निषेधाज्ञा जारी भएपछि सो क्षेत्रहरुमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ ।

६ वर्षीय बालिका हत्याको विरोधमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका १ जनाको निधन भएपछि स्थिति नियन्त्रण बाहिर नजाओस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

कमेन्टहरु
Loading...