पोखरा बसपार्कमा २८ वर्षे युवा मृत भेटिए

गन्थन डेस्क

पोखराको पृथ्वीचोकस्थित बसपार्कमा एक युवक मृतावस्थामा भेटिएका छन्

मृत भेटिएका युवक काँकडभिट्टाको बसबाट पोखरा आएका बाग्लुङका २८ वर्षीय दिवस केसी रहेको प्रहरीले बताएको छ । उनको शव बसपार्कबाट बाहिर निस्कने एक गल्लीमा पाइएको हो ।

एक अपरिचितको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत्युको कारणबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...