पोखरामा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले उलपब्ध गराएको तेस्रो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ७ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ७० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १० का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २३, ३० र ५१ वर्षीय ३ जना महिला तथा ३० र ४९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ की ५२ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै १३ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४० र ५२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

केही समय अगाडि स्वास्थ्य निर्देशनालयले उलपब्ध गराएको विवरण अनुसार पोखरामा ७१ तथा मादी गाउँपालिकामा २ जना गरेर कास्कीमा ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरा तथा मादी गाउँपालिका सहित कास्कीमा ८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला स्याङ्जामा २ तथा लमजुङमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ३ सय १४ पुगेको छ ।

कमेन्टहरु
Loading...