पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्वारा पत्रकार घिमिरेको स–सम्मान रिहाईको माग

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आयोजना गरेको कार्यक्रममा समाचार संकलनका लागि सहभागी भएकै कारण कास्कीको देउरालीबाट पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति कार्यालय पोखराले भत्र्सना गरेको छ । पत्रकार घिमिरे पक्राउ परेपछि प्रदेश समिति कार्यालय पोखराले आज विज्ञप्ति जारी गर्दै उनको स–सम्मान रिहाईको समेत माग गरेको छ ।

‘पत्रकार घिमिरे पक्राउको घटनाप्रति घोर भत्र्सना गर्दै उहाँको स–सम्मान रिहाई परी प्रेस स्वतन्त्रताको रक्षा गर्न र स्वतन्त्रतापूर्वक समाचार संकलन तथा संप्रेषण गर्ने वातावरण तयार गर्न प्रदेश समिति जोडदार माग गर्दछ ।’ प्रदेश समितिद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

पोखरापाटी डटकम तथा सञ्चारकेन्द्र डटकममा कार्यरत पत्रकार घिमिरेलाई सोमबार साँझ ७ बजे प्रहरीले पक्राउ गरेको थियो । पत्रकार घिमिरेकी श्रीमती गृष्मा गुरुङका जानकारी अनुसार उनलाई समाचार संकलनका क्रममा कास्कीको देउरालीबाट प्रहरीले पक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...