पोखरामा थप १५ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरामा १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ८० वर्षीय १ जना वृद्धालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा २ जना पुरुष रहेका छन् । सो वडामा २६ वर्षीय १ जना महिला सहित ४७ र ५५ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २६ र २७ वर्षीय २ जना महिला तथा ५१ वर्षीय १ जना पुरुष रहेका छन् ।

९ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५२ र ७७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ११ मा ३५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १२ का ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १३ की ३३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २८ वर्षीय १ जना महिला तथा ५१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखराको वडा नम्बर १८ का ५१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

आज बिहानको तथ्यांक अनुसार पोखरामा यसभन्दा अगाडि १३ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा आज २८ जनालाई संक्रमण पुष्टि भएको छ ।

तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर १ का २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार १ सय ७ पुगेको छ ।

कमेन्टहरु
Loading...