एथ्लेटिकोले बार्सिलोनालाई हरायो

काठमाडौं ।  स्पेनिस ला लिगामा एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराएको छ ।

एथ्लेटिकोले यो जितपछि शिर्ष स्थानको रियल सोसिडाडसँग अङ्क बराबरी गर्न सफल भएको छ ।

बार्सिलोना शीर्ष स्थानबाट ९ अंकले पछि परेको छ ।

पहिलो हाफको इन्जुरी समयमा यानिक कारास्कोले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो ।

बार्सिलोनाले आठ खेलमा ११ अंक बटुल्दै लिगको १० औँ स्थानमा सिमित रहेको छ ।

कमेन्टहरु
Loading...