पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । पछिल्लो पटक ज्यान गुमाउनेमा पोखराका १ जना तथा पर्वतका १ जना रहेका छन् । दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।
पोखरा १३ का ७९ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ । उनको शुक्रबार राति साढे ११ बजे ज्यान गएको हाृ । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ का ६१ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट आज बिहान ज्यान गएको छ । हिजोमात्र कोरोना संक्रमण पुष्टि भएको उनको आज बिहान १० बजेर १० मिनेट जाँदा ज्यान गएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४१ पुगेको छ ।