काठमाडौं महानगरपालिकाले भोलिबाट निशुल्क पिसिआर परीक्षण गर्ने

काठमाडौं । भोलि आइतबारबाट काठमाडौं महानगरपालिकाले निशुल्क पिसिआर परीक्षण गर्ने भएको छ ।

आज महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय विभुति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्यरत्न तुलाधरको शालिक अनावरण गर्दै भोलिबाट निशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने जानकारी दिएका हुन् ।

मेयर शाक्यका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त तथा जेक्ष्ठ नागरिकहरुको पिसिआर परीक्षणका लागि महानगरभित्र मोबाइल भ्यान सञ्चालन गरिने छ ।

कोरोना भाइरस संक्रमणको दर बढिरहेको अवस्थामा महानगरपालिकाले पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने बताउँदै उनले लक्षण देखिएका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाले मात्र परीक्षण गर्न शाक्यले आग्रह गरेका छन् ।

कोरोना संक्रमणको दर न्युनीकरणका लागि प्रभावकारी कदम चाल्ने समय आएको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...