पोखरा । पोखरामा थप ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दोस्रो विज्ञप्ति अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५३ वर्षीय १ जना महिला तथा ६८ वर्षीय १ जना पुरुषदलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २६ वर्षीय १ जना महिला तथा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
३ नम्बर वडाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २० र ४२ वर्षीय २ जना महिला तथा १७ वर्षीय १ जना किशोरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का ४५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ७ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ८ का ३१ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
९ नम्बर वडाका ४० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १० का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३० र ४८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
११ नम्बर वडाका २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३० र ५३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १२ का ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १३ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २७, ७३ र ८४ वर्षीय ३ जना महिला तथा ३७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १४ का ६७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ७४ वर्षीय महिला तथा ६८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का ६५ र ९१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४१ वर्षीय महिला तथा ४८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २१ का २४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा २६ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमित ६२ वर्षीय महिला रहेकी छिन् ।
२७ नम्बर वडाका ५५ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा ३१ का ४६ र ७३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ३३ नम्बर वडाका २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज बिहान पनि पोखरामा १२ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा आज ४५ जनालाई संक्रमण पुष्टि भएको छ ।
म्याग्दीमा १ जना तथा पर्वतमा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ९ सय २० पुगेको छ ।