काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताएका छन् ।
उनले कोरोनाबाट सतर्कता अपनाउँदै युद्धस्तरमा काम गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।
“देशभर कोरोनाको प्रभाव भएपनि विस्तारै सामान्य जीवनतर्फ उन्मुख हुँदै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्छ”, उनले भने । ।
मन्त्री भट्टले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता स्वस्थ्य हुनुपर्ने बताउँदै जनतालाई स्वस्थ्य बनाउन खेलकूदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
खेलकूद क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भए आगामी दिनमा परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो ।