पोखरामा कोरोना संक्रमणबाट ज्यान गुमाउने तथा संक्रमितको संख्यामा वृद्धि, ३५ जना नयाँ संक्रमित थपिए

पोखरा । पोखरामा थप ३५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पाचौं विज्ञप्ति अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप ३५ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १ का ४५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर २ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २२, २४, ३२, ४२ र ४८ वर्षीय ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

४ नम्बर वडाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४१ वर्षीय १ जना पुरुष तथा ३५ र ८३ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ६० वर्षीय १ जना महिला तथा ४५, ७२ र ८१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ की ७९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ७ की ५५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३७ र ४५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३८ वर्षीय १ जना महिला तथा ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १० की ३६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १२ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१३ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५७ वर्षीय १ जना महिला तथा ६३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १४ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो वडाका १ जना महिला तथा ३ जना पुरुष रहेका छन् । सो वडाका ६६ वर्षीय १ जना महिला तथा १७, ३६ र ६६ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५२ वर्षीय १ जना महिला तथा २६ र ४९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १८ का ६० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २८ र ६५ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा २५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३६ वर्षीय १ जना महिला तथा ४३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

केही समय अगाडि स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा ४३ तथा रुपा गाउँपालिकामा १ जना गरेर ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म रुपा तथा पोखरामा ७९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यता पर्वतमा १, स्याङ्जामा २ तथा तनहुँमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ७ सय ९४ पुगेको छ ।

कमेन्टहरु
Loading...