सुनको मूल्यमा ४ सय ह्रास

काठमाडौं । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला ९४ हजार ४ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५ सयमा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार २ सय १५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला १ हजार २ सय १० मा कारोवार भएको छ । रासस

कमेन्टहरु
Loading...