पोखरामा २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उलपब्ध गराएको पहिलो तथ्यांक अनुसार पोखरामा आज २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा आज २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३५ वर्षीय १ जना महिला तथा २१ र ५९ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर ५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३६ वर्षीय १ जना महिला तथा ४३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

६ नम्बर वडाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ४३, ४५ र ६४ वर्षीय पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ७ का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका ३०, ३७ र ४१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४ जना नै पुरुष हुन् । सो वडामा २६, ३२, ५२ र ६१ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

९ नम्बर वडाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५५ वर्षीय १ जना महिला तथा ३३ र ७८ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर १० का ५४ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ नम्बर वडाकी ४२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १६ की ४५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २३, ३० र ६१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २० का १ जना १३ वर्षीय बालकलाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर २५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २८ र ३५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२९ नम्बर वडाका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो वडाका १७ र २० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै लम्जुङमा ७ जना तथा स्याङ्जामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्यास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ७ सय २५ पुगेको छ ।

कमेन्टहरु
Loading...