निर्वाचन क्षेत्र कार्यक्रमका २५ योजना छनोटः कृषि र पर्यटन प्राथमिकतामा

पोखरा । कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् ।

प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि, पर्यटनलगायत क्षेत्र समेटिने गरी २ करोडको बजेटका लागि योजना छनोट गरिएको प्रदेशसभा सदस्य बरालले बताएका छन् ।

योजना छनोटका क्रममा पोखरा महानगरपालिका– १, २, ३, १८, १९ र २५ वडाका साथै माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडामा आवश्यकताका आधारमा सर्वसम्मत रुपमा योजना छनोट गरिएको उनले बताए । योजना छनोटका क्रममा कृषि र पर्यटनका क्षेत्रमा २५ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

चालु आवदेखि लागू समानुपातिक प्रदेशसभा सदस्यका हकमा पनि ३० प्रतिशत बजेट विनियोजन गर्ने विषयमा सांसद पुष्पा केसीसँगको सहकार्यमा योजना छनोट गरिएको बरालले जानकारी दिएका छन् ।

छनोट योजनाको निर्माणलाई अघि बढाउन उपभोक्ता समिति गठन गर्र्नुपर्नेमा उजले जोड दिएका छन् ।

पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले आउँदो पुसभित्र सबै योजना कार्यालयसँग आवश्यक प्रक्रिया मिलाएर सम्झौता गर्नुपर्ने बताएका छन् । रासस

कमेन्टहरु
Loading...