कास्कीमा थप ३ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप ३ जनालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पोखरा महानगरपालिका वडा नम्बर ८ का १ जना २७ वर्षीय महिला रहेकी छिन् ।

त्यस्तै अन्य संक्रमित जिल्लाको रुपा गाउँपालिका हुन् । उनीहरु ४० वर्षीय १ जना महिला तथा ३० वर्षीय १ जना पुरुष रहेका छन् । गाउँपालिका अन्तरगत संक्रमितहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

आज बिहान तथा दिउँसोको तथ्यांक अनुसार कास्कीको पोखरामा २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै आज पोखरामा २९ सहित रुपाका २ जना गरेर ३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म पोखरामा ३ जनाको निधन भएको छ । २ जना पोखरा तथा १ जना स्याङ्जाका सहित ३ जनाको कोरोनाबाट ज्यान गएको हो ।

त्यस्तै पछिल्लो तथ्यांक अनुसार गोरखाका ३, तनहुँका १ तथा स्याङ्जाका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ५ सय ४८ पुगेको छ ।

कमेन्टहरु
Loading...