स्याङ्जाका १ जनाको कोरोना संक्रमणबाट निधन

पोखरा । स्याङ्जाका १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ३ बजे ज्यान गएको हो । उनलाई कार्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २७ पुगेको छ ।

कमेन्टहरु
Loading...