पोखरा । पोखरामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरामा परीक्षण गरेर पोजेटिभ रिर्पोट आएकामध्ये २ जनाको ठेगाना खुलेको छैन । संक्रमितहरु २८ वर्षीय १ जना महिला तथा ३४ वर्षीय १ जना पुरुष हुन् । उनीहरु पोखराको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
त्यस्तै पोखरा १७ की ४९ वर्षीय १ जना महिला तथा २५ की २५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको आँधीखोला गाउँपालिकाका ६४ र ६८ वर्षीय २ जना महिला तथा ३७ वर्षीय १ जना पुरुष रहेका छन् ।
म्याग्दीमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ८ का २६ र ३७ वर्षीय २ जना महिला तथा ४९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यता तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ८० वर्षीय वृद्ध हुन् । उनी तनहुँको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ५ सय ८ पुगेको छ ।