आजको मौसमः गण्डकी प्रदेशमा वर्षाको अनुमान

गन्थन डेस्क

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

कमेन्टहरु
Loading...