पोखरामा भर्खरै थपिए ७८ कोरोना संक्रमित, कूल संख्या १० हजार ५ सय

गन्थन डेस्क

स्वास्थ्य निर्देशनालय गण्डकीले भर्खरै जारी गरेको विज्ञप्तीअनुसार पोखरा महानगरमा ७८ सहित गण्डकी प्रदेशमा १ सय ६० संक्रमित पुष्टी भएको छ ।

संक्रमितमध्ये बागलुङ ७, गोरखा १४, लमजुङ १४, मुस्ताङ १३, नवलपरासी ३० र पर्वतका ३ जना रहेका छन् ।

संक्रमितहरु कन्ट्याक्त ट्रेसिङको आधारमा पहिचान भएको र सबैलाई हाल आइशोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको कूल संख्या १० हजार ४९० पुगेको छ ।

कमेन्टहरु
Loading...