पोखरामा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा २ का १ जना रहेका छन् । उनी २० वर्षीय पुरुष हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ४ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ५ की ३० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

६ नम्बर वडाका ३२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ की १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ३८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ की ४५ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १० का ४५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ नम्बर वडाकी ५० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४२ र ६५ वर्षीय २ जना पुरुष तथा ६५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १४ का ४७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २० र ५५ वर्षीय २ जना पुरुष तथा ५२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २८ र ५० वर्षीय २ जना महिला रहेका छन् ।

वडा नम्बर २६ का ४४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३२ नम्बर वडाका ६० वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय १ जना पुरुष तथा वडा नम्बर ९ का ५४ वर्षीय पुरुष र ५० वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ३ सय ७ पुगेको छ ।

कमेन्टहरु
Loading...