पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४६ जनालाई कोरोना पुष्टि, १३ जनाको निधन

पोखरा । नेपालमा थप १ हजार ९ सय ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप १ हजार ९ सय ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा ३६ हजार ४ सय ५२ २ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ८ हजार ७ सय ५३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै नेपालमा यो अवधिमा थप २ हजार ५ सय ३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ७० हजार ६ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार २ सय १५ पुगेको छ ।

कमेन्टहरु
Loading...