पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
कोरोना भाइरस संक्रमणबाट पोखरामा ज्यान गुमाउनेमा ७२ वर्षीय महिला रहेकी छिन् । पोखरा २६ की उनको उपचारका क्रममा आज बिहान ७ बजेर ४५ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।
उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा १८ का ४८ वर्षीय कोरोना संक्रमितको समेत ज्यान गएको छ । उनको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान साढे ९ बजे ज्यान गएको हो ।
उनलाई कार्तिक २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
आज बिहान समेत पोखरामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरा १४ का ६३ वर्षीय पुरुष, पोखरा १५ की ५० वर्षीय महिला तथा स्याङ्जाका २४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको थियो । यससंगै पछिल्लोपटक पोखरामा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको ज्यान गएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २३ पुगेको छ ।