पोखरामा थप १५ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखराका थप १५ जनालाई संक्रमण पुष्टि भएको हो ।

ठेगाना नखुलेका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति ७४ वर्षीय पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २१ र ६४ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर ७ का २९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

९ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३९ र ६० वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा १२ का ४८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३६ र ६९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१४ नम्बर वडाका ५३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ६२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु ५५ वर्षीय १ जना महिला तथा २७ वर्षीय १ जना पुरुष रहेका छन् ।

१८ नम्बर वडाका ४४ वर्षीय १ जना पुरुषलाईं कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २२ का २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

आज दिउँसोको तथ्यांक अनुसार कास्कीमा पोखराका ९० सहित मादी तथा अन्नपूर्ण गाउँपालिकाका ४ गरेर ९४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म कास्कीमा १ सय ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर १ का ८३ वर्षीय वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार २ सय ३९ पुगेको छ ।

कमेन्टहरु
Loading...