पोखरा । पोखरामा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । मृतकमध्ये २ जना पोखरा तथा १ जना स्याङ्जाका रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ६३ वर्षीय पुरुष रहेका छन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनिबार बिहान १ बजेर ५५ मिनेट जाँदा निधन भएको हो । उनलाई कार्तिक १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा १५ की ५० वर्षीय महिलाले पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको चरक अस्पताल पोखरामा उपचारका क्रममा शुक्रबार बेलुका साढे ६ बजे निधन भएको हो । उनलाई कार्तिक ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै स्याङ्जाका थप १ जनाले समेत पोखरामा नै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ का २४ वर्षीय पुरुषको बिहीबार गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएको हो । उनलाई सोही दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २१ पुगेको छ ।
यता कास्कीमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लाको पोखरा महानगरपालिकाका ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
ठेगाना नखुलेका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति ४१ वर्षीय १ जना महिला तथा ३८ र ५१ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ७ का ४५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १० का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा १७ का ३९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
यस अगाडि आज बिहान समेत जिल्लामा पोखराका ८३ तथा अन्नपूर्ण र मादी गाउँपालिकाका ४ जना गरेर ८७ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै अहिलेसम्मको तथ्यांक अनुसार कास्कीमा ९४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै गोरखामा ६, लमजुङमा ३ तथा स्याङ्जाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार २ सय २३ पुगेको छ ।