आजको मौसम कस्तो ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जनाएको छ।

देशभर उल्लेखनीय मौसमी प्रमाणलीको प्रभाव नभएका कारणपनि मौसम सफा हुने जल तथा मौसम विभागले जनाएको हो ।

अहिले देशको पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कमेन्टहरु
Loading...