कोरोनाबीच आज दर्शकसहित नेपाल र बंगलादेश बंगबन्धुमा भिड्दै

गन्थन डेस्क

विश्वव्यापी कोरोना कहर, लकडाउन र बिना तयारी आज बंगलादेशको बंगबन्धु स्टेडियममा नेपाल र बंगलादेशबीच मैत्रीपुर्ण फुटबल खेलिदैछ ।

आजसम्म दुई टिम १९ पटक आमनेसामने भएका छन् । जसमा नेपालले केवल ६ खेल जितेको छ भने १ बराबरीमा टुंगिएको थियो । दुई टोली सर्वप्रथम १९८३ को सागमा पहिलोपटक भिडेका थिए ।

मुजिक बोर्साे फिफा अन्तर्राष्ट्रिय सिरिजको तालिका अनुसार त्यहाँ २ खेल खेलिनेछ । अर्काे खेल मंसिर २ गते हुनेछ । यस खेललाई लिएर दुबै टोली निकै उत्साहित र रोमाञ्चक भएको जनाइएको छ ।

नेपाली टोलीको कप्तानी गोलकीपर किरण चेम्जोङले गर्नेछन् । टिमका प्रशिक्षक बालगोपाल महर्जन हुन् ।

यस प्रतियोगितामा भाग लिन बंगलादेश पुगेका एक खेलाडीलाई कोरोना संक्रमण पुष्टी भएपछि नेपाली टोली केही दुखी भएपनि यस प्रतियोगितामा दर्शकको उपस्थिति हुने भएपछि खेलले कोरोना कहरलाई भुलाउने विश्वास गरिएको छ । खेल नेपाली समय तालिकाअनुसार दिउँसो पौने ४ बजे हुनेछ ।

नेपाली टोलीका सम्भावित खेलाडीमा किरण चेम्जोङ, सुमन अर्याल, अजित भण्डारीरविक्रम लामा, अनन्त तामाङ, विकास खवास, एरिक विष्ट, तेज तामाङ, रवि पासवान, एरिक सुभास गुरुङ, अन्जन विष्ट र नवयुग श्रेष्ठ रहेका छन् ।

कमेन्टहरु
Loading...