पोखरा । गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ३ जिल्ला गरि थप ५५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की जिल्लामा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा थपिएका संक्रमितमध्ये ३ जना पोखरा महानगरपालिकाका रहेका छन् भने ६ जना रुपा गाँउपालिकाका रहेका छन् ।
त्यस्तै म्याग्दी बेनी नगरपालिकामा थप एक जनामा संक्रमण पुष्टि भएको छ । यता नवलपरासीमा थप ४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ३ पुगेको छ ।