डिभिजन वन कास्कीले गर्यो ७१ हजार विरुवा वितरण, डाले घाँसको माग बढ्यो

ऋषिकान्त पौडेल । डिभिजन वन कार्यालय कास्कीले यस वर्ष ७१ हजार विरुवा वितरण गरेको छ । गएको भदौसम्म कास्कीका विभिन्न संघ संस्थालाई गरी उक्त विरुवा वितरण गरिएको हो । विशेषत किसान लक्षित डाले घाँसका विरुवा ग्रामिण क्षेत्रमा तथा शहरी क्षेत्रमा हरीयाली र सुन्दरता कायमका लागि सोही प्रकृतिका विरुवा वितरण भएका छन् ।

कार्यालयले विरुवा भने निशुल्क वितरण गर्ने गरेको छ । जबकी एक विरुवा उत्पादनमा १० रुपैया सम्म खर्च हुने गर्दछ । विभिन्न समूहले बन क्षेत्रभित्र खाली ठाँउमा तथा नांगापाखा डाडाँमा रोप्न बन कार्यालयमा विभिन्न प्रजातीका विरुवा माग गर्ने गरेका छन् । त्यस्तै समूहमा आवद्ध अधिकांश सेवाग्राही कृषी पेशामा संग्लग्न हुने हुँदा बढी मात्रामा डालेघाँसको विरुवा माग गर्ने गरेका छन् । पछिल्लो समय सरकारले पशुपालनमा प्रोत्साहन गरका कारण पनि किसानहरुको माग बढी मात्रामा डाँले घाँस हुने गरेको छ ।

कटहर, निमारो, बाख्रा पालन गर्ने किसानले बकाईनो लगायतका विरुवा माग्छन् । बजार क्षेत्रमा भने कपुर अशोक लगायतका माग हुन्छ । घरभित्र सजाउनको लागि साना जातको विरुवा माग्ने गरेको तथ्यांक छ । सरकारले कृषिलाई विशेष महत्व दिदैं आएको छ । त्यसैले कृषिको व्यवसायिक उत्पादनलाई जोड दिएको छ । कृषि अन्तर्गत पशुपालनको लागि आवश्यक चरन क्षेत्रसँगै घाँसको लागि भने डिभिजन बन कार्यालयले उपयुक्त विरुवा किसानलाई उपलब्ध गराउँदै आएको उनको भनाई थियो ।

तथ्यांक अनुसार कास्कीको कुल क्षेत्रफलमध्ये ४६ प्रतिशत क्षेत्र बन जंगलले ओगटेको छ । ‘कास्कीको कुल क्षेत्रफल दुईलाख १७ हजार हेक्टरमध्ये करीब आधा क्षेत्रफल बन क्षेत्रले ओगटेको हो । त्यसमध्ये पनि बढी बनको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) अन्तर्गत रहेको छ ।

कार्यालयका सहायक बन अधिकृत कमल लम्सालका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले कुल बन क्षेत्रको ६९ प्रतिशत ओगटेको छ । बाँकी ३१ प्रतिशत डिभिजन बन कार्यालय अन्तर्गत पर्ने सुनाए । वन कार्यालयको मातहतमा २८ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल बनक्षेत्रले ओगटेको छ । तथ्यांक अनुसार कास्कीमा रहेका ५ सय १० भन्दा बढी सामुदायिक बनले २१ हजार ६सय ९५ हेक्टर क्षेत्रफल ढाकेको छ । सामुदायिक वनबाट करीब ५० हजार घरधुरी प्रत्यक्ष आवद्ध छन् ।

यसै गरी कास्कीमा संरक्षण वन तर्फ २ हजार ४ सय ६२ हेक्टर क्षेत्रफल रहेको छ । कास्कीमा रहेका संरक्षण बनमा पन्चासे, जैविक विविधता पार्क(रानीवन) लगायतका छन् । कास्कीमा कुल ११.२ हेक्टर क्षेत्रफलमा पाँचवटा धार्मिक वन रहेका छन् । धार्मिकस्थित हरिहर गुुफा, लेखनाथस्थित जयगुरुदेव, लामाचौरस्थित सर्वेश्वर शिवालय र काँहुस्थित मुश्लिम समुदायको वन धार्मिक वन अन्र्तगत छन् । यता ४ हजार ५ सय २६ हेक्टर सरकारी वन रहेको तथ्यांक छ ।

‘काठ उत्पादन गर्ने उद्देश्यसहित बैज्ञानिक बन व्यवस्थापन समेत गरिएको छ ’ उनले भने–‘साविकको भरतपोखरी र सिद्ध गाविसमा काठ उत्पादन गर्ने वन छन् ।’ ती दुई ठाँउमा सालका छन् । उनका अनुसार ९ वटा सामुदायिक वनले व्यवसायिक काठ उत्पादन गर्ने तर्फ केन्द्रीत रहेको छन् । कार्यालयले जडिबुटि विकास, सामुदायिक तथा कबुलियत वन विकास, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिक, वन्य जन्तु संरक्षण तथा क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, विरुवा सुधार एवं वृक्षारोपण तथा नीजि वन कार्याक्रम जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कमेन्टहरु
Loading...