खानेपानीको मुहानमाथि उत्खन्न भएको भन्दै जागौँ पोखराको ध्यानाकर्षण

पोखरा । खानेपानीको मुहानमाथी नदिजन्य पदार्थ उत्खन्नका लागि टेण्डर आह्वन भएको विषयमा जागौँ पोखरा अभियानले सरकारको ध्यानाकर्षण गराएको छ । पोखरा महानगरवासीले पिउँदै आएको खानेपानीको स्रोत रहेको मर्दी मुहान भन्दा माथी माछापुच्छ्रे गाँउपालिकाले नदी क्षेत्रलाई विभिन्न ४ खण्डमा विभाजन गरी नदिजन्य पदार्थ उत्खनन गर्नका लागि टेण्डर आह्वान गरेको भन्दै अभियानले बिहिबार पोखरा खानेपानी संस्थानलाई ज्ञापन पत्र बुझाएको छ ।

 

साथै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई समेत प्रत्यक्ष भेटेर पानीको विषयमा ध्यानाकर्षण गराएको छ । संस्थाले जिल्ला प्रशासन कार्यालय प्रमुखलाई स्वच्छ खानेपानी पिउन पाउनु आम नागरिकको संवैधानिक अधिकार रहेको बताउदै जनताको सो अधिकारको रक्षा गर्न संबन्धित सबै सरकारहरु र विभिन्न निकायहरुको दायित्व रहेको बताएको छ ।

 

अभियानकि संयोजक शिरिष गुरुङले आम उपभोक्तहरुले आआफ्नो ठाउँबाट सम्बन्धित निकायहरु र राजनीतिक दललाई समेत यस सम्बन्धमा कडा भन्दा कडा दबाब दिन आग्रह गरेकि छिन् । ‘मर्दी पानी मुहानमा भइरहेको नदि उत्खनन् र यसबाट भइरहेको प्रदुषणलाई तत्काल बन्द गर्ने परिस्थितिको निर्माणमा सम्बन्धित निकायले ठोस निर्णय लियोस्’ जारी विज्ञप्तिमा उल्लेख छ ।

 

अभियानले यसअघि पोखरा महानगरपालिका ज्ञापन पत्र बुझाइसकेका छ । तर, सो उत्खननलाई रोक्न र तत्काल भइरहेको नदिको प्रदुषणलाई रोक्ने सम्बन्धमा सम्बन्धित निकायहरुबाट कुनै ठोस पहल कदम लिने काम हालसम्म नभएकोमा अभियानकर्ताले दुख व्यक्त  गरेका छन् । अभियानले यस विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रिसँग भेट्नका लागि समय माग्दा उनको सचिवालयले समय उपलब्ध गराउन नमानेका बताएको छ ।

कमेन्टहरु
Loading...