पोखरा । पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरामा १ जना ठेगाना खुल्न नसकेका २५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ७५ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा २ का २३ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ५ का ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २३, ३५, ७२ र ८२ वर्षीय ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ६ का २२ र ३८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ७ का ४२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३१, ३८, ५१ र ६१ वर्षीय ४ जना महिला तथा ३४, ४६ र ६० वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ९ का ४८ र ८२ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १० का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४५ र ५५ वर्षीय २ जना महिला तथा १६ र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १३ का ९१ वर्षीय १ जना वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा १४ का ४५ र ६९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४९, ५२ र ५८ वर्षीय ३ जना पुरुष रहेका छन् ।
पोखरा १६ का ६८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २३ र ७५ वर्षीय २ जना महिला तथा २७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२७ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३२ वर्षीय १ जना महिला तथा २९ वर्षीय १ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखराकी ४७ वर्षीय १ जना महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिहान स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार पोखरामा ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार यो समाचार तयार पार्दासम्म पोखरामा आज १ सय १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाग्लुङमा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पर्वतमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ७ का ३८ वर्षीय १ जना महिला तथा कुश्मा नगरपालिका वडा नम्बर ६ का ५० । ५८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ की ३६ वर्षीय १ जना महिला तथा १३ की ४८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
तनहुँमा ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ब्यास नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय महिला, ३ का ४५ वर्षीय पुरुष, ६ का २६ वर्षीय पुरुष, ११ का ५९ वर्षीय पुरुष तथा १२ का ६२ वर्षीय महिला रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ६ सय ७१ पुगेको छ ।