जिरोकिमीदेखि लेकसाइडहुँदै मुस्ताङचोकसम्मको सडकमा अस्फाल्ट प्रविधिको कालोपत्रे शुरु

पोखरा । 

अमेरिकी अस्फाल्ट प्रविधिको प्रयोग गरि जिरो किमीदेखि हल्लनचोक, शहिदचोकहुँदै मुस्ताङचोकसम्मको सडक कालोपत्रे हुनेभएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतद्वारा उद्घाटन गरि आजदेखि काम शुरु गरिएको हो ।

मन्त्री बस्नेतले गण्डकी प्रदेश अहिले समग्र विकासका योजनालाई अगाडी सार्दै अघि बढिरहेको बताए । आर्थिक समृद्धितर्फ जान यस्ता विकासका आयोजना अनिवार्य रहेको उनको भनाई थियो । कुनै पनि आयोजना गुणस्तरिय नभए अयोजना सम्पन्नको अर्थ नहुने भएकाले सबै जनता आफै सजग भएर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो । यदि कसैले गुणस्तरियता माथि खेलवाड गरेमा त्यस्ता व्यक्तिलाई आफूले नछाड्ने बताए ।

त्यस्तै गण्डकी प्रदेशमा सांसद् राजिब पहारीले प्रदेशमा विकासको लहर ल्याएको बताए । विकासका योजनामा प्रदेश सरकार सधै जनताको साथमा रहेको समेत उनको जोड थियो । प्रदेशमा सडकमात्र नभई समग्रक्षेत्रको विकासतर्फ अग्रसर रहेको उनको दावी थियो ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगतबहादुर पहारीले बाटोघाटो विकासको मुल आधार भएकाले यो आयोजनाले वडावासीमा फरक खुशी ल्याउने विश्वास व्यक्त गरे । साथै लेकसाईड एरियालाई अझ व्यवस्थित तरिकाले अगाडी बढाईने समेत उनले बताए ।

९ करोड ७८ लाख १३ हजार ६ सय ६८ रुपैयाँमा बन्न लागेको यो कालोपत्रे सडकमा भौतिक पूर्वाधार विकास कार्यालय गण्डकीले खर्च गर्नेछ । इलाईट मोतिदान जेभिले पाएको निर्माणको जिम्मा आगामी पुष २५ गतेसम्म सक्नुपर्ने सहमति छ । करिब ५ किलोमिटर लम्बाई रहेको उक्त सडकमा ५ सेन्टीमिटरको मोटाईको कालोपत्रे हुनेछ ।

कमेन्टहरु
Loading...