पोखरा । पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
ठेगाना नखुलेका ६ जनालाई संक्रमण पुष्टि भएको छ । २०, २७, ३३, ४५, ४८ र ६५ वर्षीय ठेगाना नखुलेका ६ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १० का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना पुरुष तथा १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३६ वर्षीय १ जना महिला तथा २४ वर्षीय १ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखरा २७ का २४ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
आज दिउँसोको तथ्यांक अनुसार कास्कीमा ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जिल्लाको पोखरा महानगरपालिका सहित रुपा तथा मादी गाउँपालिकाका गरेर ८८ जनालाई संक्रमण पुष्टि भएको हो । यो समाचार तयार पार्दासम्म अहिलेसम्म स्थास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार कास्कीमा ९८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गोरखामा ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्ला अन्तरगत अजिरकोट तथा जिल्ला अस्पताल गोरखाका रहेका छन् । अजिरकोटका संक्रमित कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
पर्वतमा १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु पैंयुका हुन् । पैंयु अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
तनहुँमा ६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको ब्यास तथा भिमाद नगरपालिकाका हुन् । ब्यास नगरपालिकाका संक्रमित वडा नम्बर ७ का हुन् । भिमाद नगरपालिकाका संक्रमित भने कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ५ सय २१ पुगेको छ ।