ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं । पहेंलो धातु सुनको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा प्रतितोला ३ हजार ४ सयले ओरालो लागेको छ ।

सोमबार प्रतितोला ९८ हजार २ सयमा कारोवार भएको छापावाल सुन आज ९४ हजार ८ सयमा कारोवार भएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ३ हजार ४ सयले घटेको छ ।

सोमबार प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९४ हजार ३ सयमा कारोवार भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ७० ले घटेर १ हजार २ सय १५ मा कारोवार भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८५ कारोवार भएको थियो । रासस

कमेन्टहरु
Loading...