पोखरा । पोखरामा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का ५४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ८ का २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ९ का १३ वर्षीय बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा १० का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५४ वर्षीय १ जना महिला तथा ४१ र ६८ वर्षीय २ जना पुरुष हुन् ।
पोखरा १२ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ४० वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा १५ की ३७ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २६ वर्षीय १ जना महिला तथा २५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १८ का ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३० की १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ३६ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै आज स्वास्थ्य निर्देशनालयले अहिलेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार कास्कीमा ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तनहुँमा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिका तथा बन्दिपुरका हुन् ।
त्यस्तै गोरखाका ७ जना, म्याग्दीका ४ जना, पर्वतका ३ जना तथा स्याङ्जाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यता तनहुँका १ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नम्बर ९ का ६३ वर्षीय १ जना पुरुषको कार्तिक २० गते निधन भएको हो । उनलाई कार्तिक १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय १२ पुगेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ४ सय ८८ पुगेको छ ।