पोखरा । पोखरामा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ का १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडाका २ जना पुरुष रहेका छन् । सो वडाका २६ र ६६ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा ४ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३८ र ६५ वर्षीय २ जना महिला रहेका छन् ।
वडा नम्बर ५ का ५२ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिला तथा १ जना पुरुषलाई कोरोना पुष्टि भएको हो । संक्रमितहरु ३१ वर्षीय १ जना पुरुष तथा २३, २७ र ३८ वर्षीय ३ जना महिला रहेका छन् ।
वडा नम्बर ९ का ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ४० र ४३ वर्षीय २ जना महिला तथा १७ र २७ वर्षीय २ जना पुरुष रहेका छन् ।
१० नम्बर वडाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका ३२, ४३ र ६२ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ११ का २४ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १२ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिला तथा २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ वर्षीय १ जना बालिका २७ र ३२ वर्षीय महिला तथा १८ र ३२ वर्षीय २ जना पुरुष रहेका छन् ।
वडा नम्बर १३ का २१ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा १५ का २८ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा १६ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २४, ४५ र ६९ वर्षीय ३ जना महिला तथा २५ र ६८ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा १७ का ३० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा २६ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २५ र ६८ वर्षीय २ जना महिला तथा ११ वर्षीय १ जना बालक सहित ५२ र ७० वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै पोखरा २७ का ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस अगाडि आज १२ बजेको तथ्यांक अनुसार पोखरामा ३० सहित रुपा तथा मादी गाउँपालिकाका गरेर कास्कीमा ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म हालको तथ्यांक अनुसार कास्कीमा ७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ४ सय ५४ पुगेको छ ।