पोखराका ३० सहित कास्कीमा थप ३८ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ८ जनाको ठेगाना खुल्न सकेको छैन । उनीहरु ५ जना महिला तथा ३ जना पुरुष रहेका छन् । ठेगाना खुल्न नसकेका संक्रमितहरु २२, २४, २६, ३० र ४६ वर्षीय ५ जना महिला तथा ३१, ४३ र ६७ वर्षीय ३ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २४ वर्षीय १ जना महिला तथा २८ र ३२ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा ७ का १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ९ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ४० वर्षीय १ जना महिला तथा २६, २८ वर्षीय २ जना, ३०, ३२, ३६, ३८, ४८ र ५८ वर्षीय ९ जना पुरुष रहेका छन् ।

पोखराको वडा नम्बर ८ का ६३ वर्षीय १ जना महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १० का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सो वडाका ३० र ३३ वर्षीय पुरुष हुन् ।

वडा नम्बर १५ का ६४ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २७ वर्षीय १ जना महिला तथा ३२ वर्षीय २ जना र ४० वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यस्तै पोखरा २३ का २४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जिल्लाको रुपा गाउँपालिकाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ५ का ३ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १६ वर्षीय किशोर सहित ३४ र ७० वर्षीय पुरुष रहेका छन् ।

मादी गाउँपालिकामा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकाका २ जना महिला तथा ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २१ र ४० वर्षीय २ जना महिला तथा २४, २९ र ३० वर्षीय ३ जना पुरुष रहेका छन् । उनीहरु गाउँपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

बाग्लुङमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित वडा नम्बर ३ का १ तथा ४ का ६ जना रहेका छन् ।

गोरखामा ७ जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरु पालुङटारका हुन् । संक्रमितहरु पालुङटार अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यस्तै स्याङ्जामा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको भीरकोट तथा वालिङ नगरपालिकाका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ४ सय १६ पुगेको छ ।

कमेन्टहरु
Loading...