काठमाडौं । नेपालमा सरकारी अस्पतालहरुमा अबबाट कोरोनाको परीक्षण तथा उपचार निशुल्क हुने भएको छ । कोरोनाको उपचार तथा परीक्षणका लागि केही हप्ता अगाडि सरकारले शुल्क लिने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो ।
चौतर्फी आलोचना भएपछि हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकले सरकारी अस्पतालहरुमा कोरोना परीक्षण तथा उपचार निशुल्क गर्ने निर्णय गरेको हो ।
यो निर्णयपछि अब नेपालका सरकारी प्रयोगशालामा कोरोना परीक्षण तथा सरकारी अस्पतालमा निशुल्क उपचार हुने भएको छ ।
सरकारको शुल्क लिने निर्णयलाई सर्वोच्च अदालतले समेत लागू नगर्न आदेश जारी गर्दै उपचार तथा परीक्षण निशुल्क बनाउन निर्देशन दिएको थियो ।
सर्वोच्चको निर्णय तथा नागरिकको ब्यापक दवाव पश्चात सरकारले सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना परीक्षण तथा उपचार निशुल्क बनाउने निर्णय गरेको हो । निजी अस्पतालका विषयमा भने सरकारले केही निर्णय गरेको छैन ।
साथै कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउन पहल गर्ने समेत बैठकले निर्णय गरेको छ ।