कास्कीमा बढ्दैछ कोरोना महामारी : सक्रिय संक्रमित २७ सय नाघे

पोखरा । कास्कीमा सक्रिय कोरोना संक्रमितको संख्या २७ सय नाधेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कुल ३५ सय ५१ संक्रमित मध्य २६ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु मध्य ९५ प्रतिशत संक्रमित पोखरा महानगरपालिकाका हुन् । भने बाँकी अन्य गाउँपालिकाका । संक्रमितको संख्या बढ्दै जाँदा महामारीले अझ व्यापक रुप लिन सक्ने देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौं १७ गते ५ सय भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा जारी राख्न सिफारिस गरेको थियो । तर सक्रिय संक्रमितको संख्या बढिरहंदा कास्की प्रशासन र पोखरा महानगरपालिका मौन देखिएका छन् । त्यसो त गण्डकी प्रदेश सरकारले लकडाउन वा निषेधाज्ञाको पक्षमा देखिएको छैन ।

केही समययता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भैरहेको छ । कास्कीमा हालसम्म ४९ जना संक्रमितको मृत्यु भैसकेको छ । सोमबार मात्रै ४ संक्रमितको मृत्यु भयो ।

पछिल्लो समय थपिएका अधिकांश संक्रमित कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका छन् । समयमै लकडाउन नगर्ने हो भने संक्रमितको दर बढ्दै जाने निश्चित छ ।

कमेन्टहरु
Loading...