पोखरा । पोखरामा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यसरी कोरोनाबाट ज्यान गुमाउनेमा सबै पोखराकै रहेका छन् ।
पोखरा महानगरपालिकककी ८२ वर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार बेलुका ६ बजेर ५० मिनेट जाँदा ज्यान गएको हो । उनलाई कार्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
पोखरा १७ की ७४ वर्षीय महिलाले समेत कोरोनाबाट ज्यान गुमाएकी छिन् । उनको आइतबार बेलुका उपचारका क्रममा ६ बजेर १८ मिनेट जाँदा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । उनलाई हिजो नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
पोखरा १० का ८६ वर्षीय संक्रमितको समेत ज्यान गएको छ । उनको आइतबार बेलुका ६ बजेर १८ मिनेट जाँदा फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा ११ का ६० वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान १० बजेर १३ मिनेट जाँदा गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ११ पुगेको छ ।
यता पोखरामा थप ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा ६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २१ वर्षीय १ जना महिला तथा २८, ४५ र ६५ वर्षीय ३ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २ का २० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ३ का १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिला तथा ७ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २८, ३२ र ६० वर्षीय ३ जना महिला तथा २४, ३० वर्षीय ३ जना, ४८ र ६५ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा ५ का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३६ वर्षीय १ जना महिला तथा ३१, ३५, ३९, ४४ र ४९ वर्षीय ५ जना पुरुष रहेका छन् ।
वडा नम्बर ६ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २२, ३२ र ४४ वर्षीय ३ जना महिला तथा ३४ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा ७ का ११ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४ जना महिला तथा ७ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २३, ३३, ३६ र ६० वर्षीय ४ जना महिला तथा ३८, ३९ वर्षीय २ जना, ४०, ४२, ४९ र ५० वर्षीय ७ जना पुरुष रहेका छन् ।
पोखरा ८ का २७ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ९ का १४ वर्षीय १ जना बालकलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १० का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १९ र ५१ वर्षीय २ जना महिला तथा १७ र ५६ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १२ का २ जनालाई संक्रमण पुष्टि भएको हो । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो संक्रमितहरु ३६ वर्षीय महिला तथा ४३ वर्षीय पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ४२ वर्षीय १ जना महिला तथा ४७ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा १५ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो संक्रमित २३, ४९ र ५३ वर्षीय ३ जना पुरुष रहेका छन् ।
वडा नम्बर १७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५० वर्षीय १ जना महिला तथा ३० वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा १९ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १८ वर्षीय १ जना महिला तथा २०, ५५, ६० र ६३ वर्षीय ४ जना पुरुष रहेका छन् ।
पोखरा २१ की २५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा २५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २० वर्षीय १ जना महिला तथा ५२ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २६ की ३१ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा २८ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १८ र ४० वर्षीय २ जना महिला तथा ४१ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २२ र ४९ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
गोरखामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरु जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन । संक्रमितहरु ४ जना नै पुरुष हुन् ।
लमजुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुष रहेका छन् ।
नवलपरासीमा २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्यविन्दु अस्पतालका ७ जना तथा हुप्सेकोटका २२ जना रहेका छन् ।
पर्वतमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको फलेवास तथा कुश्माका हुन् ।
तनहुँका ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो जिल्लाको म्याग्दे, रिषिङ तथा आँबुखैरेनी गाउँपालिकाका हुन् ।
यस्तै स्याङ्जामा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको फेदीखोला गाउँपालिका रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार २ सय ७४ पुगेको छ ।