रुपन्देही । रुपन्देहीमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको सैनामैना ४ की ५६ वर्षीय १ जना महिलाको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा सोमबार बिहान ६ बजेर २० मिनेट जाँदा ज्यान गएको हो ।
उनलाई कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए पछि उनी होम आइसोलेसनमा बसेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक २२ गते उनलाई भीम अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।
अस्पताल स्रोतका अनुसार मृतक महिलालाई मधुमेहको समस्या थियो ।