बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका अस्पतालले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १ सय ९८ पुगेको छ ।