पहिलोपटक दिल्ली क्यापिटल्स आईपीएलको फाइनलमा

काठमाडौं । दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ । युएईमा भइरहेको १३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर एक सय ८९ रन जोडेको थियो। दिल्लीका शिखर धवनले ७८, सिमरन हेटमेयरले ४२, मार्कस स्टोइनिसले ३८ र श्रेयस अयरले २१ रन बनाए।

 

हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७२ मात्र रन जोड्यो। हैदराबादका केन विलियम्सनले ६७, अब्दुल समादले ३३ र मनिष पाण्डेले २१ रन बनाए। दिल्लीका कागिसो रबडाले चार र स्टोइनिसले तीन विकेट लिए। रबडाले चार ओभरमा २९ र स्टोइनिसले तीन ओभरमा २६ रन दिए।

 

लगातार विकेट गुमाएर संकट परेको हैदराबादलाई विलिम्सन र समादले खेल जिताउन सक्ने स्थितीमा ल्याएपनि १७ औँ ओभरमा विलियम्सन पाचौँ विकेटका रुपमा स्टोइनिसको बलमा आउट भएपछि दिल्लीले राहतको सास फेरेको थियो। समाद र विलियम्सनले ५७ रनको साझेदारी गरे।

 

त्यसपछि पनि रसिद खान र समादको आक्रमणले दिल्ली दबाबमा देखियो। हैदराबादलाई अन्तिम दुई ओभरमा ३० रन आवश्यक रहेका बेला रबडा बलिङमा गएका थिए। १९ औँ ओभरमा रबडाले गरेको उक्त बलिङ हैदराबादका लागि घातक रह्यो जसले त्यस ओभरमा तीन विकेट गुमायो। दिल्लीले उपाधिका लागि मुम्बई इन्डियन्ससँग खेल्ने छ। उपाधि भिडन्त मंगलबार हुने छ।

कमेन्टहरु
Loading...