पोखरामा ३ तथा स्याङ्जाका १ जनाको कोरोना संक्रमणबाट निधन

पोखरा । गण्डकी प्रदेशमा थप ४ जनाको कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । पोखराका १ सहित थप २ जनाको प्रदेशमा कोरोनाबाट ज्यान गएको हो ।

यसरी ज्यान गुमाउनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ का ९२ वर्षीय वृद्ध रहेका छन् । उनको होम आइसोलेसनमा नै हिजो बिहान ज्यान गएको हो । उनलाई कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा कै ६७ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ । पोखरा ८ का ६७ वर्षीय पुरुषको शनिबार राति १ बजेर १६ मिनेट जाँदा गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमणबाट पोखरा ९ की ७५ वर्षीय महिलाले समेत ज्यान गुमाएकी छिन् । उनको आज बिहान सवा ५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यता स्याङ्जाका १ जनाको समेत कोरोनाबाट ज्यान गएको छ । जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय पुरुषको आज बिहान पौने ८ बजेको समयमा लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ७ पुगेको छ ।

यस्तै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार १ सय ५८ पुगेको छ ।

आज स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा ४२ जना संक्रमित थपिएका छन् । त्यस्तै नवलपरासीमा ५८, मुस्ताङमा ४, म्याग्दीमा ४, स्याङ्जामा ७, लमजुङमा २२, गोरखामा २, पर्वतमा ८ तथा तनहुँमा ३ जनालाई आज संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ९ हजार १ सय ५८ पुगेको छ ।

कमेन्टहरु
Loading...