बुटवलमा कोरोना संक्रमितको निधन

बुटवल । रुपन्देहीमा कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ की ७० वर्षीय १ जना महिलाको बुटवल धागा कारखानामा सञ्चालित कोरोना विषेश अस्पतालमा शनिबार बिहान ५ बजे ज्यान गएको हो । कार्तिक १६ गते मृतक महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भए पनि १७ गते मात्र उनी उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।

कमेन्टहरु
Loading...