बाग्लुङका १ सहित पोखरामा आज ४ जनाको कोरोनाबाट निधन, ज्यान ३० दिने बालकले समेत कोरोनाबाट ज्यान गुमाए

पोखरा । पोखरामा ३ सहित गण्डकी प्रदेशमा आज थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरामा ३० दिने नाबालक समेत रहेका छन् ।

पोखरामा ३० दिनका बालकको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान सवा ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० का १ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । सो वडाका ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार राति साढे ११ बजे पोखरा स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै पोखरा १७ का १ जनाको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । ७५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान ९ बजे ज्यान गएको हो । उनलाई कार्तिक १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यता बाग्लुङका १ जनाको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको बिहीबार राति ८ बजेर ५० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल सख्ंया १ सय पुगेको छ ।

यता पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप १८ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरामा ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा ४ जना पुरुष रहेका छन् । उनीहरु कुन स्थानका हुन् भन्ने खुलेको छैन । संक्रमित २६ वर्षीय १ जना महिला तथा २४, २८, २९ र ४५ वर्षीय पुरुष रहेका छन् ।

पोखरा २ की ३४ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का ६८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ५ का ३५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ६ का ३८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ की ५१ वर्षीय १ जना महिलालाई कोरोना पुष्टि भएको छ ।

पोखरा ८ की ४८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १० की ३६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १४ की २९ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ की २८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वडा नम्बर २६ की १४ वर्षीय १ जना किशारीलाई कोरोना पुष्टि भएको छ ।

पोखरा २७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई कोरोना पुष्टि भएको हो । संक्रमितहरु २४ वर्षीय १ जना महिला तथा ३३ वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यस्तै पोखरा ३० का ४८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरामा ८२ सहित मादी र रुपा गाउँपालिकाका १/१ जना गरेर कास्कीमा आज बिहानको तथ्यांक अनुसार ८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म आज कास्कीमा १ सय २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३६ वर्षीय संक्रमित पुरुष जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । ४० वर्षीय संक्रमित पुरुष जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ हजार ६ सय ५६ पुगेको छ ।

कमेन्टहरु
Loading...