पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिका वडा नं १ को कार्यलय भोलीदेखी बन्द हुने भएको छ ।
वडा कार्यलयले सूचना जारी गर्दै अर्को सूचना नआएसम्म सेवा प्रवाह बन्द गरिएको जानकारी गराएको छ ।
यसअघि कोरोना संक्रमण देखीएपछि बिहिबारदेखी वडा नं २५ को कार्यलयमा अत्यावश्यक बाहेक सेवा बन्द गरिएको छ ।