गन्थन डेस्क
युएइमा जारी इन्डियन प्रिमियर लीगको जारी सिजनमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच खेल हुँदैछ । आज जीत हात पार्ने टिम फाइनलमा पुग्नेछ ।
आज बेलुकी साढे सात बजेदेखि सुरु हुने खेल अगावै दिल्लीका स्पिनर रविचन्द्रन आश्विन घाइतेवस्थामा छन् । खेल चिकित्सकका अनुसार उनी आजको खेलमा अनफिट भएकाले दिल्ली आजको प्लेइङ ११ मा उनको सट्टा कसलाई खेलाउने भन्ने योजना बनाउँदैछ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेलमा स्पिन बलरलाई महत्व दिइनेछ । यसकारण आज आश्विनको ठाउँमा नेपाली स्पिनर सन्दीप लामिछानेले मौका पाउन सक्नेछन् । त्यसो त क्रिकेट कमेन्टेटर आकाश चोपडाले आश्विनको स्थानमा सन्दीपको भपाई गनुपर्ने बताएका छन् ।
त्यस्तै, यस स्टेडियममा सन्दीपले अन्य लीग र म्याच पनि खेलिसकेका छन् । उनको यो अनुभवले पनि आज सन्दीपलाई साथ दिन सक्छ । तर, सेमीसम्मको यात्रा सन्दीपबिना नै खेलेको दिल्लीले उनलाई मौका नदिन पनि सक्छ ।
आरसिबीविरुद्धको म्याचमा आश्विनको घुँडामा चोट लागेको भारतीय मिडियाले बताएका छन् ।