पोखरा । पोखरा महानगरपालिका वडा नं २५ का जनप्रतिनिधि र वडा कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा प्रवाह बन्द गरिएको छ ।
वडाअध्यक्ष शोभाकर तिमिल्सिनाले सूचना जारी गर्दै अत्यावश्यक बाहेकको सेवा प्रवाह बन्द गरिएको जानकारी दिएका हुन् ।
कात्तिक १९ गतेदेखी अर्को सूचना जारी नभएसम्म वडा कार्यलयबाट प्रदान गरिने अत्यावश्यक सेवा बन्द गरिएको हो ।